६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा अन्धकारमुक्ति साकोस सम्मानित
२० चैत्र २०८१
६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा अन्धकारमुक्ति साकोस सम्मानित
“मार्यादित सहकारी समुन्नत समाज” भन्ने मूल नाराका साथ पाल्पा तानसेनमा आयोजित ६८ औं राष्ट्रिय सहकारी दिवस विशेष कार्यक्रम बिच अन्धकारमुक्ति वचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर पाल्पालाई सम्मानित गरिएको छ । जिल्ला भरका सहकारी संस्थाहरु मध्य उत्कृष्ट संस्थाको रुपमा अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थालाई सम्मानित गरिएको हो । जिल्ला सहकारी संघ लिमिटेड पाल्पा, बचत तथा ऋण सहकारी संघ पाल्पा, तानसेन नगरपालिकाको संयुक्त आयोजना र जिल्ला भरका नगरपालिका गाउँपालिकाहरुको प्रर्वद्घकक रही आयोजना भएको कार्यक्रम जिल्ला सहकारी संघका अध्यक्ष भुपति पाण्डेको अध्यक्षतामा भएको हो ।
बचत तथा ऋण सहकारी संघ पाल्पाका अध्यक्ष जगदीश भट्टराईको स्वागतबाट शुरु भएको कार्यक्रमका प्रमुख अतिथि लामो समय देखि सहकारी अभियानमा योगदान गर्नुभएको पुर्व राष्ट्रिय सहकारी माहासंघका अध्यक्ष, संविधान सभा सदस्य, सहकारी विज्ञ केशब वडाल रहनु भएको थियो । जिल्ला भरका सहकारी संस्थाहरुको सहभागितामा संचालन भएको कार्यक्रम विच सहकारी क्षेत्रमा योगदानको कदर गरि सहकारी बा को रुपमा परिचित दुर्गादत्त रेग्मी लाई सम्मान गरिएको थियो, त्यसै गरि पाल्पा जिल्ला भरका सहकारी संस्थाहरु मध्य सबै भन्दा धेरै सदस्यहरु विचमा रही ग्रामिण परिवेशमा कार्यक्रम संचालन गरि शुशासन र व्यवस्थानमा उत्कृष्ट कार्य गरे वापत अन्धकारमुक्ति बचत तथा तथा ऋण सहकारी संस्थालाई सम्मान गरिएको थियो भने तानसेन नगरपालिकालाई पनि प्रशंशा पत्र प्रदान गरिएको थियो । कार्यक्रम हुनु अघि सबै सहभागि संस्थाहरुले तानसेन बजार परिक्रमा गरि प्रभातफेरी ¥याली निकालेका थिए भने कार्यक्रम तानसेन नगरपालिकाको सभाहलमा संचालन भएको थियो ।